काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले वैशाखमा बैंक मुद्दती निक्षेपमा लगानी कम गरेको छ । वैशाख मसान्तसम्म ९ करोड रुपैयाँ रहेको बैंक मुद्दती निक्षेप रकम बैंशाख मसातसम्म भने ७ करोड रुपैयाँमात्र कायम भएको हो । योजनाको बैंक मुद्दती निक्षेपसमेत कुल लगानीको बजार मूल्य वैशाख मसान्तसम्म १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशनसमेत १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।
वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ३ पैसा छ । चैत मसान्तसम्म १० रुपैयाँ ८५ पैसा रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य वैशाखमा भने बढेको हो । योजनाको नाफा पनि पछिल्लो महिना बढेको छ । चैत मसान्तसम्म १० करोड ७१ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजना वैशाख मसान्तसम्म भने १२ करोड ९८ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको हो । यो महिना योजनाको आम्दानी बढेकाले नाफा बढेका हो । चैत मसान्तसम्म १२ करोड ५८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म भने १५ करोड ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।