logo
असोज ३० देखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै अरुण काबेली
असोज ३० देखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै अरुण काबेली
२३ आश्विन २०८०

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद शेयर असोज ३० गतेदेखि लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले कात्तिक १४ गतेसम्मका लागि लिलामीमा ल्याउन लागिएको हो ।

यो शेयरको मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

सो अवधिमा रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँट गरिएको हो ।

अवितरित हकप्रद शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । कम्पनीले पाँचथर र ताप्लेजुङ बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.