काठमाडौैं । मुक्तिनाथ विकास बैंक ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको ‘न्यूबिज बिजनेस कन्क्लेभ एण्ड बिजनेश एक्सीलेन्स अवार्डस्’ कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने नारासहित अघि बढिरहेको बैंक सन् २००७ मा तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकमा रूपमा स्थापित भएको थियो । सन् २०१५ मा राष्ट्रियस्तरको विकास बैंकका रुपमा स्तरोन्तति भएको बैंकले १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
देशभर १७९ ओटा शाखा र २२ ओटा एटीएम काउन्टरबाट सेवा दिँदै आएको उक्त बैंकमा एक हजार ५७० जना कर्मचारी कार्यरत छन् ।
चालु आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब १३ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन र ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरी ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
चालु आवको चैतसम्ममा १२ दशमलव ३६ प्रतिशत पुँजीकोष अनुपात रहेको बैंकको खराब कर्जा अनुपात ४ दशमलव ४१ प्रतिशत छ । यस्तै बैंकको पूँजीमा प्रतिफल ८ दशमलव ९६ प्रतिशत रहेको बैंकको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।