काठमाडौं । न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्को नवौं संस्करण सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० विधामा अवार्ड वितरण गरिएको छ ।
व्यावसायिक क्षेत्रमा लामो समय योगदान पुर्याएको भन्दै चाचान ग्रुपका संस्थापक बाबुलाल चाचानलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
यस्तै, बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स अवार्ड सगरमाथा लुम्बिनी जनरल इन्योरेन्स कम्पनीले पाएको छ भने बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्डबाट नेशनल लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।
यसैगरी ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड एभरेष्ट बैंकलाई, ‘बेष्ट बैंक इन डिजिटल फाइनान्ससियल सर्भिस’ अवार्ड ग्लोबल आईएमई बैंक, ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड मुक्तिनाथ विकास बैंकलाई र बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पाएको छ ।
यस्तै ‘बेष्ट म्यानेज्ड कम्पनी–२०२५’ अवार्ड नेपाल फर्मास्युटिकल्स् ल्याबरोटरीलाई, ‘स्पेशल रिकग्निशन फर पब्लिक इन्टरप्राइज २०२५’ अवार्ड साल्ट ट्रेडिङ कर्पोरेशनलाई र ‘बेष्ट म्यानेज्ड आईटी कम्पनी‚ २०२५’ अवार्ड विद्युतीय भुक्तानी सेवा प्रदायक ई-सेवालाई प्रदान गरिएको छ ।
अवार्ड कार्यक्रमअघि ‘ड्राइभिङ ग्रोथ थ्रु रिफर्म’ विषयको प्यानल छलफल गरिएको थियो, जसमा संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एनसेलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जब्बोर कायुमोभ, श्रीनगर एग्रो ग्रूप अफ कम्पनीका कार्यकारी निर्देशक मौसमी श्रेष्ठ र प्रविधि उद्यमी तथा लिपफ्रग टेक्नोलोजीका संस्थापक बालकृष्ण जोशी प्यानल स्पिकर रहेका थिए । प्यानल छलफलको सहजीकरण अधिवक्ता सेमन्त दाहालले गरेका थिए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले सम्बोधन गरेका थिए भने अर्थविद् एवं उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले ‘कि नोट स्पिकर’को रूपमा मन्तव्य दिएका थिए ।
कार्यक्रमको उद्घाटन भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दमोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा। डा। शिवराज अधिकारी र नयाँ बिजनेस एजका अध्यक्ष लम्सालले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमको टाइटल स्पोन्सर एशियन पेन्ट्स रहेको थियो । कार्यक्रमको प्रायोजकहरूमा कर्भ इभी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईएमबी एस क्यापिटल, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, एनएलजी इन्स्योरेन्स कम्पनी, एस्युरेन्स इन्कर्पोरेशन, ग्रिन भ्याली रिसोर्ट, फोन पे, नेपाल एयरलाइन्स, किङ्स कलेज, सुबिसु केबलनेट लिमिटेड र गोदावरी स्टील्सले गरेका थिए ।
कार्यक्रमका तस्वीरहरू