काठमाडौं । नेपाल फर्मास्युटिकल्स् ल्याबरोटरी प्रा.लि. ‘बेष्ट म्यानेज्ड कम्पनी–२०२५’ अवार्डबाट सम्मानित भएको छ ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’बाट उक्त कम्पनी सम्माननित भएको हो ।
औषधि आयातकर्ताका रूपमा शुरु गरेको यो कम्पनी उत्पादक बनेको छ । कम्पनीका संस्थापक महेन्द्रबहादुर अमात्य पहिले औषधि आयातकर्ता थिए । होलसेल फार्मबाट आयातित औषधि विक्री वितरण गर्दै आएका उनले औषधि उत्पादन गर्न उनले नेपाल फर्मास्युटिकल्स् ल्याबरोटरी कम्पनी खोलेका थिए ।
करीब ४ दशकदेखि औषधिको उत्पादन र वितरण व्यवसाय गर्दै आएको सो कम्पनीको प्रधान कार्यालय ललितपुरको पुल्चोकस्थित कृष्णगल्लीमा रहेको छ । उक्त कम्पनीको कारखाना भने जीतपुर, वीरगञ्जमा छ ।
२१६ वर्गफिटमा उक्त स्थानमा उद्योग अवस्थित छ । सन् १९८५ (वि.सं.२०४२) मा उद्योग विभागमा दर्ता भएको उक्त उद्योग सन् १९८७ जनवरीदेखि सञ्चालनमा आएको हो ।
तत्कालीन समयमा भारतीय र विभिन्न बहुराष्ट्रिय कम्पनीका औषधिहरूको वर्चश्वे थियो ।
न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्बाट सम्मानित उक्त कम्पनीले विभिन्न क्षेत्रबाट उत्कृष्ट सम्मान तथा अवार्डहरू पाउँदै आएको छ ।