काठमाडौँ । बिहीवार नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्च दरमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो । एकै दिन उच्च दरमा घटेर छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ ।
बुधवार बजारमा छापावाला सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बुधवार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ ।
पछिल्लो समय सुनचाँदीको मूल्यमा भएको उतारचढावले व्यवसाय भने घटेको गुनासो महासंघले गरेको छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएसँगै त्यसको असर नेपाली बजारमा समेत परेको हो ।