काठमाडौँ । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि जेठ २ गते विशेष साधारण सभा बोलाएको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पारित गर्नेछ । यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।