काठमाडौँ । बिहीवार दुई कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । गरिमा विकास बैंकले ६५ हजार कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यी दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् ।
आगामी ३५ दिनभित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँ र गरिमा विकास बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।