चितवन। टिभिएसले चितवनका ग्राहकका लागि ‘टिभिएस एक्सचेञ्ज मेनिया’ ल्याएको छ । आइतवार शुरू भएको मेला शुक्रवारसम्म चल्नेछ । सिजि ल्यान्डमार्क भरतपुर हाइटमा उक्त मेला लागेको हो । यस अवसरमा जगदम्बा मोटर्सको ‘नयाँ वर्ष २०८२, नयाँ युगको सवारी’ अफर र शोरूमले दिने थप सुविधासमेत पाइने बताइएको छ । मेलामा पुरानो मोटरसाइकल वा स्कुटरको साटफेर गर्न पाइनेछ ।
सो अवसरमा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छूट, १८ महीना र ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज भ्यालुएसन, हेलमेट, ब्याग तथा बाइक कभर र विभिन्न लाइफटाइम अफर समेत प्राप्त गर्न सक्ने बताइएको छ ।