logo
दिपलको विक्री पाँच लाखभन्दा बढी
दिपलको विक्री पाँच लाखभन्दा बढी

काठमाडौं । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यू इनर्जी भेहिकल ब्रान्ड दिपलको विश्वभर पाँच लाख युनिट विक्री भएको बताइएको छ । गएको मे महीनामा मात्र दिपलको विक्री २५ हजार ५२१ युनिट रहेको बताइएको छ ।

हाल दिपल ब्रान्डअन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल विक्रीवितरण भइरहेको छ । 

यसमध्ये दिपल ए०९ औपचारिक रूपमा गएको मे २२ मा सार्वजनिक भएको छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार भएको कम्पनीको दाबी छ । 

यसमा १६ः९ एस्पेक्ट रेसियो २१ दशमलव ४ इन्चको थ्रीके सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम रहेको बताइएको छ ।

दिपलले आउँदो वर्ष चीनमा ३०० ओटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको बताइएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा समेत प्रवेश गरेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.