काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति पाएको छ ।
बोर्डले जेठ २० गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डका अनुसार कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३८ दशमलव ३३ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३९ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले निष्कासन गर्नेछ ।
कम्पनीको हाल संस्थापकतर्फ ६३ करोड ५५ लाख रुपैयाँ चुक्तापूँजी छ । सर्वसाधारणमा आईपीओ जारीपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँ कायम हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । यस कम्पनीले बाग्लुङ जिल्लामा ९ दशमलव ६ मेगवाट क्षमताको दरमखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।