काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदातलमा मुद्दा दर्ता भएको छ ।
पर्सास्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था ठगीको अभियोगमा उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो ।
झन्डै एक महिनाअघि प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको भए पनि सरकारी वकिल कार्यालयले आइतवार मात्र मुद्दा दायर गरेको हो ।
सहकारी ठगी मुद्दामा लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतमा समेत मुद्दा चलिरहेको छ ।
सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अहिले उनी रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।