काठमाडौं । एनआईसी एशिया बैंक म्युुचअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले फागुन महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
विवरणअनुसार दुवै फण्डको नाफा र न्याभ घटेको हो । माघ मसान्तसम्म एनआईसी एशिया म्युचुअल फण्डको न्याभ रू. ११ दशमलव ९५ रहेकोमा फागुन मसान्तसम्म घटेर रू. ११ दशमलव २५ कायम भएको छ । त्यस्तै फण्डको नाफा माघ महीनाको तुलनामा फागुन महीनामा ३८ प्रतिशत घटेको छ ।
फण्डले माघ मसान्तसम्म रू. १५ करोड २२ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्म रू. ९ करोड ४३ लाखमा झरेको छ । फागुन महीनामा फण्डको आम्दानी घटेसँगै नाफामा असर परेको हो ।
माघ मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. १६ करोड ३१ लाख रहेकोमा फागुन मसान्तसम्म रू. १० करोड ६६ लाखमा कायम भएको छ ।
त्यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ माघ मसान्तसम्म रू. ११ दशमलव २६ रहेकोमा फागुन मसान्तसम्म रू. १० दशमलव ७३ कायम भएको हो । त्यस्तै फण्डले फागुन मसान्तसम्म रू. ४ करोड १० लाख नाफा कमाएको छ ।
यो नाफा माघ मसान्तसम्मको तुलनामा ४९ प्रतिशत घटेको हो । माघ मसान्तसम्म फण्डले रू. ८ करोड १३ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा कमी आएको छ ।
माघ मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ९ करोड ७ लाख रहेकोमा फागुन मसान्तसम्म घटेर रू. ५ करोड १६ लाखमा सीमित भएको छ । त्यस्तै फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ४३ करोड १० लाख लगानी गरेको छ ।