काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा रहेको एनआईसी एशिया ग्रोथ फण्डको अब दुई दिन मात्रै कारोबार हुने भएको छ । फण्ड परिपक्क हुने भएकाले दोस्रो बजारमा कारोबार नहुने भएको हो ।
यस फण्ड ७ वर्षे बन्दमुखी योजना हो । फागुन २६ गते सोमबारदेखि फण्डको दोस्रो बजारमा कारोबार बन्द हुने भएको हो । क्यापिटलका अनुसार फण्ड फागुन २५ गते परिपक्क हुने भएको हो । उक्त मितिसम्म कायम इकाईधनीले मात्रै फण्ड खारेजी पछिको प्रतिफल प्राप्त गर्ने भएका हुन ।
फण्डले ६ वर्षको अवधिमा कुल ८५ प्रतिशत प्रतिफल बितरण गरेको छ । सञ्चालनमा आएपछि फण्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत, पाचौँ वर्ष १० दशमलव ५ प्रतिशत र छैठौं वर्षमा ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।
फण्डको इकाई हालसम्म अभौतिकरण गर्न बाँकी भएमा यथाशीध्र अभौतिकरण गर्न र नगद प्रतिफल प्राप्त लिन बाँकी भएकाले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न क्यापिटलले अनुरोध गरेको छ ।