काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन फण्डहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया डाइनमिक डेप्ट फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी तीन ओटै फण्डले लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते बुक क्लोज गरेसँगै आज अर्थात् कात्तिक १४ गतेसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् ।
एन आईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई १३/१३ प्रतिशत नगद लाभांश करसहित र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्न लागेका हुन् ।