logo
एनएमबि बैंक र नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
एनएमबि बैंक र नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । एनएमबि बैंक र नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते  बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

नेपाल हाईड्रो डेभलोपरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि पुस २९ गते साधारण सभा बोलाइएको छ । सभा लिसरा रिसेप्सन्स नक्साल, काठमाडौंमा गर्ने जानकारी दिइएको छ । 

त्यसैगरी एनएमबि बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव २५ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिएको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.