काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैं अन करोडपति’ योजना आइतवार (आज)बाट सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।
योजनाअन्तर्गत हरेक हप्ता १० जना ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहने एनसेलले जनाएको छ । साथै, योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरूप प्राप्त गर्नेछन् ।
उक्त योजना यो १२ हप्तासम्म सञ्चालन हुनेछ । योजनामा सहभागी हुन चाहने ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्ने एनसेलले जनाएको छ । योजना आइतवारदेखि शनिवारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ ।
'यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं । सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैं अन’ पहलअन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौं । १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विशेष बनेको छ,' एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।
ग्राहकहरूले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरू लिन सक्छन् ।
त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।
हरेक ९९ रुपैयाँ बराबरको सेवा खरीद गर्दा ग्राहकले योजनाको १ ओटा टिकट प्राप्त गर्ने र ४९९ रुपैयाँ बराबरको सेवा खरीद गर्नेले ५ ओटा टिकट पाउने एनसेलले जनाएको छ ।
ग्राहकहरूलाई सेवा खरीदपश्चात उनीहरूले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइने कम्पनीले जनाएको छ । एनसेल एपमार्फत, ८९९९९३ डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलको भनाइ छ ।
योजना अवधिभर प्रत्येक आइतवार साँझ ६:३० देखि ७ बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिने एनसेलले जानकारी दिएको छ । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि विजेताहरूलाई सिधैं सम्पर्क गरिने बताइएको छ ।