logo
एशियन हाइड्रोपावरको वार्षिक साधारण सभा जेठ ३२ मा, बुक क्लोज कहिले ?
एशियन हाइड्रोपावरको वार्षिक साधारण सभा जेठ ३२ मा, बुक क्लोज कहिले ?

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा जेठ ३२ गते गर्ने भएको छ ।

 सभा द ईन्ट्रान्स क्याफे ललितपुरमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी गराएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले नियमावलीमा रहेका विभिन्न नियममा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । नियमावली संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण रूपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ । 

त्यस्तै सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.