काठमाडौं । पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आगामी असार २ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँका आधारमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते अनुमति पाइसकेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन मिति भने तय गर्न बाँकी छ । बुक क्लोजको आधारमा असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीद गर्न पाउनेछन् । कम्पनीले आधारभूत शेयरधनीहरूलाई हकप्रद शेयर वापत्को रकम जम्मा गर्न समेत आग्रह गरेको छ ।