logo
गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त
गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त
२७ चैत्र २०८१

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा दीपक न्यौपाने नियुक्त भएका छन् ।

चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी न्यौपानेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । न्यौपाने कम्पनीका वरिष्ठ प्रबन्धक हुन् ।

यसअघि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकुन्द श्रेष्ठलाई नियुक्त गरिएकोमा चैत ३१ गतेपश्चात उनको अनिवार्य अवकाश हुने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.