कात्तिक ४, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सातौ वार्षिक साधारण सभा कात्तिक ५ गते हुने भएको छ । सभा होटल पबेरा हेरिटेज बुटिक बुढानीलकण्ठ काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने जानकारी दिएको हो ।
सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीको अधिकृत पूँजी वृद्धि गरी रू. ३५ करोड पु¥याउने प्रस्ताव पनि पारित गर्नेछ ।