काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से)मा गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर आइतवार सूचीकृत भएको छ । कम्पनीको ६ लाख १७ हजार ७६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कम्पनीले गत माघ २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।