काठमाडौं । यामाहा नेपालले रियालिटी शो ‘हिमालय रोडिज’ को सातौं सिजनका लागि पुनः 'टाइटल स्पोन्सर'को रूपमा सहकार्य गर्ने घोषणा गरेको छ।
यस सिजनको ट्यागलाइन ‘हेल अर हेभन’ राखिएको छ ।
हिमालय टिभीमा साप्ताहिक रूपमा प्रसारण हुने यो रियालिटी शो अन्तरराष्ट्रिय शो एमटीभी रोडिजबाट प्रेरित रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार शोमा सहभागीहरूले नेपालको विविध भौगोलिक परिवेशमा शारीरिक तथा मानसिक चुनौतीहरूको सामना गर्नु पर्ने हुन्छ।
एमएडब्लु एचडब्लु राइडका कार्यकारी निर्देशक एवम् हिमालय रोडिजका निर्देशक अविनाश कुमार अग्रवालले भने, ‘यामाहा र रोडिजको साझेदारी दुई दशकभन्दा लामो हो । ‘हेल अर हेभन’ को यो सिजनले प्रतिस्पर्धीहरूलाई चरम मानसिक र शारीरिक चुनौती दिँदै जीवनलाई हेर्ने दृष्टिकोण बदल्नेछ।’