काठमाडौं। हिमालयन बैंक लिमिटेडले सिभिल बंैकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका–३२, कोटेश्वरबाट बैंकिङ सेवा प्रदान गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिको उपस्थितिमा गरेका थिए । हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८ हजारभन्दा बढी पोस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.