काठमाडौं । सरकारले विद्यार्थीका लागि ‘कमाउँदै, पढ्दै’ नीति लागू गर्ने घोषणा गरेको छ ।
शुक्रवार बसेको संघीय संसदका दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम उक्त कुरा उल्लेख गरिएको छ ।
‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै, पढ्दै’को नीति लागू गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।