काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड र सामसुङ उपभोक्ता इलेक्ट्रोनिक्सको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी व्यापार कम्पनी प्रा।लि।बीच सहकार्यको सम्झौता भएको छ।
उक्त सम्झौताअनुसार अब उपभोक्ताहरूले सामसुङका टिभी, फ्रिज, वाशिङ मेसिन लगायतका उपकरणहरू सहज किस्ताबन्दीमा हुलास फिनसर्भमार्फत खरीद गर्न सक्नेछन्।
साझेदारीको उद्देश्य नेपाली उपभोक्तालाई अन्तरराष्ट्रियस्तरका घरेलु उपकरणहरू पहुँचयोग्य र किफायती दरमा उपलब्ध गराउनु रहेको दुवै कम्पनीले जनाएका छन्।