काठमाडौं । प्रतिष्ठित उद्यमी तथा काठमाडौं मेरियट होटलका मालिक गौरव अग्रवालले लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।
उनले लोबुचे हिमालका दुई प्रमुख शिखरमध्ये ६ हजार ११९ मिटर अग्लो ‘लोबुचे पूर्व’ शिखरको सफल आरोहण गरेका हुन् । उक्त हिमालको 'लोबुचे पश्चिम' शिखर ६ हजार १४५ मिटर अग्लो छ ।
नेपाल पर्वतारोहण संघले 'लोबुचे पूर्व'लाई 'ट्रेकिङ शिखर'को रूपमा र 'लोबुचे पश्चिम'लाई 'अभियान शिखर'को रूपमा वर्गीकरण गरेको छ ।
सफल हिमाल आरोहणपछि उनलाई मारवाडी सेवा समितिले बधाइ ज्ञापन गरेको छ ।
अग्रवाल मेरियट होटलका मालिकसँगै शिखर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हुन् भने एभरेष्ट हस्पिटालिटी एण्ड होटल प्रालिका म्यानेजिङ डाइरेक्टर हुन् ।