logo
कृषि विकास बैंकले प्रस्ताव गर्‍यो १०.५३ प्रतिशत लाभांश
कृषि विकास बैंकले प्रस्ताव गर्‍यो १०.५३ प्रतिशत लाभांश

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

पुस ४ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र करसमेत ७ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष लाभांश वितरण गर्न लागेको हो । यसअघि आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.