काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।