काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने नीति बमोजिम उक्त क्रेडिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यस सुविधाअन्तर्गत ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप 'महालक्ष्मी स्मार्ट साथी' भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट फोन पे क्युआर मर्चेन्टमार्फत भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने किनमेलको भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।
भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत हुने बैंकले जनाएको छ ।
बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक)को अफर समेत ल्याएको छ ।
महालक्ष्मी विकास बैंक यो सेवाको शुरुआत गर्ने बैंकमा पहिलो विकास बैंक बनेको कम्पनीको भनाइ छ ।
यो सुविधा थप गरेसँगै डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने बैंकले विश्वास लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।