काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको IPO भोलि बाँडफाँट हुँदै छ ।
विक्री प्रबन्धक Prabhu Capital का अनुसार बुधवार दिउँसो १ः३० बजे विक्री प्रबन्धकको कार्यालयमा बाँडफाँट हुनेछ । कम्पनीको IPO का लागि आवेदन गरेका १ लाख ३३ हजार ७३० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।
आईपीओ खरीदका लागि १३ लाख २५ हजार ८४७ जनाले १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन मागभन्दा ११ दशमलव ११ गुणा बढी हो । कम्पनीले चैत १९ देखि २२ गतेसम्म १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
कम्पनीले दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरी खोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।