काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको सिनामंगलस्थित स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छूट प्रदान गर्ने सम्झौतामा भएको छ ।
सो सम्झौताबमोजिम अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा बैंकमा कार्यरत कर्मचारी र ग्राहकले १० देखि २० प्रतिशतसम्म छूट पाउनुका साथै गायनोलोजी कन्सल्टेसन सेवामा शतप्रतिशतसम्म छूट पाउने बताइएको छ ।
छूटसम्बन्धी सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र आईभीएफ एण्ड रिसर्च सेन्टरका अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरेका छन् ।