काठमाडौं। नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारणसभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष (आव) २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरण पारित गरिएको छ ।
बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको बताइएको छ ।