काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा टीभीएस मोटर कम्पनीले काठमाडौंमा वृक्षरोपण गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका र लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्सको सहकार्यमा भएको कार्यक्रममा बुढानीलकण्ठ–१, तौलुङस्थित चौकीडाँडा क्षेत्रमा १०० ओटा बिरुवा रोपिएको हो।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिथाराम अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगरपालिकाको वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, पूर्व एसएसपी तथा समाजसेवी रमेश खरेल, वरिष्ठ कलाकार प्रेम राजा महतको उपस्थिति थियो । साथै लाइन्स क्लब र टीभीएस मोटरको नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको क्रममा वातावरण संरक्षणका लागि इलेक्ट्रिक सवारीको प्रयोगको महत्त्वसमेत उल्लेख गरिएको थियो।
सो अवसरमा टीभीएस आईक्यूब प्रयोगकर्ताहरूले नेपालमा अहिलेसम्म संयुक्तरूपमा ५० लाख किलोमिटरको यात्रा तय गरेको जानकारी दिइएको थियो ।
यस अभियानबाट १.४ लाख लिटर इन्धनको बचत हुनुका साथै ३५० टन कार्बन डाइअक्साइड उत्सर्जन घटेको तथ्यांक सार्वजनिक गरिएको छ, जुन करीब १५ हजार रूखले सोस्न सक्ने ग्यास बराबर हो।
टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्स प्रालिले 'ट्रान्सफर्म टुडे' (आज परिवर्तन गरौं) नामक अभियानअन्तर्गत वातावरणीय सचेतनालाई प्राथमिकता दिँदै आएका छन् । अभियानले '४आर' (रिफ्युज (त्याग), रिड्युस् (घटाउने), रियुज (पुन: प्रयोग), रिसाइकल (पुनर्चक्रण)को अभ्यासमार्फत दिगो जीवनशैलीको सन्देश फैलाउने उद्देश्य राखेको कम्पनीले जानकारी दिएको छ ।