काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ले २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले खुद नाफा ४८ दशमलव ६७ प्रतिशत थोरै खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी थोरै भएकाले खुद नाफा घटेको हो । गत वर्ष ३१ अर्ब २० करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २८ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।
यस वर्ष कम्पनीको वित्तीय आम्दानी ४६ प्रतिशत कम भएको छ । गत वर्ष ५ अर्ब १९ करोड रुपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी मात्र वित्तीय आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ छ । जगेडा कोष रकम भने ७२ अर्ब ७० करोड रुपैयाँभन्दा बढी कायम छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ३ दशमलव ४० प्रतिशत कम भएको हो । वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५०३ रुपैयाँ ५३ पैसा छ ।