काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर जेठ ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही मूल्य बराबरको हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । निष्कासन मिति तय गर्न बाँकी कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भने बुक क्लोजको मिति तय गरेको छ ।
जेठ ६ गते एक दिन कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । बुक क्लोजको आधारमा जेठ ५ गतेसम्म कायम शेयधरनीहरू मात्र हकप्रद खरीदका लागि योग्य हुनेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।