काठमाडौं । नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मत् चयन भएका छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई अध्यक्ष पदमा सर्वसम्मत् रूपमा चयन गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।
साउद नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रित्त सञ्चालक पदमा समता पन्तलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।