काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
मंगलवार कम्पनीले उक्त बोनस शेयर बापत्को ३ लाख ६३ हजार ३७५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।
बोनस शेयरको कर प्रयोजनका लागि कम्पनीले शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।