काठमाडौं । ङादी ग्रुप पावरका लिमिटेडले पुस २३ देखि माघ २९ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री सम्पन्न गरेको छ ।
कम्पनीले अवितरित ८ लाख ७३ हजार ६१ दशमलव २२५ कित्ता हकप्रद शेयर लिलामीका लागि फागुन २० देखि २८ गतेसम्म आवेदन माग गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरू चैत ४ गते खोलि चैत ८ गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धकको जिम्मेवारी भने सिद्धार्थ क्यापिटल लिमिटेडले पूरा गरेको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकेर विक्रीमा ल्याइएको यी शेयरको लिलामीमा विक्री मूल्य अर्थात् अन्तिम कटअफ मूल्य प्रतिकित्ता २६६ रुपैयाँ २० पैसा कायम भएको छ । यो शेयर बाँडफाँटमा नपरेको रकम चैत ११ गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । विक्री नभएको उल्लेखित शेयर लिलामी प्रक्रियाबाट विक्री भएपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ कायम भएको छ ।