काठमाडौं ।‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२४’को चौथो संस्करण आज (शुक्रवार) सम्पन्न भएको छ ।
न्यू बिजनेश एजको आयोजनामा भएको कार्यक्रमअन्तर्गत उद्यम तथा व्यवसाय गर्दै आएका महिलालाई विभिन्न ६ विधामा १२ जनालाई अवार्डस् वितरण गरिएको छ, जसमा सातै प्रदेशका एक-एक जनालाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा अवार्ड्स दिइएको छ ।
अवार्ड वितरणअघि ‘स्ट्रेन्दनिङ वुमन्स बिजनेश लिडरशीप’थिममा प्यानल छलफल गरिएको थियो, जसमा वक्ताको रूपमा राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन माहाशाखाका प्रमुख एवं सहसचिव महेश भट्टराई, टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वस्तिका श्रेष्ठ र इम्प्याक्ट हब, काठमाडौंकी कार्यकारी निर्देशक पद्माक्षी राणा थिए ।
कार्यक्रमको उद्घाटन गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । दुई सत्रमा सञ्चालन भएको उक्त कार्यक्रमको पहिलो सत्रको प्रमुख अतिथि गभर्नर अधिकारी थिए भने दोस्रो सत्रको प्रमुख अतिथि सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान रहेकी थिइन् । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सुगरिका केसीले गरेकी थिइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, प्रायोजक संस्था तथा कम्पनीका प्रतिनिधि लगायात विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्याक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल राष्ट्रबैंकका गभर्नर महप्रसाद अधिकारी
प्रमुख अतिथि अधिकारीलाई स्वागत गर्दै न्यु बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्साल ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै न्यू बिजनेश एज प्रालिकी सञ्चालन तथा वित्त निर्देशक सविता सुवेदी
कार्यक्रमअन्तर्गत ‘स्ट्रेन्दनिङ वुमन्स बिजनेश लिडरशीप’ थिममा भएको प्यानल छलफल र छलफलमा सहभागि वक्ताहरू
छलफलमा सहभागि वक्ताहरूलाई मायाको चिनो प्रदान गर्दै न्यु बिजनेश एज म्यागेजिनका सल्लाहार सम्पादक मुकुल हुमागाईं सहित वक्ताहरू ।
आफ्नो मन्तव्य राख्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तीदार
कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान
सामुहिक तस्वीर लिंदै अवार्ड विजेता, अतिथि तथा न्यु बिजनेश एज प्रालि परिवार
अन्य तस्वीरहरू