काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले असार ६ गते वार्षिक साधारण सभा बोलाएको छ । जेठ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भरतपुर नगरपालिका उद्योग परिसर, चितवनमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक निर्वाचित गर्ने कार्यक्रम समेत सभाका लागि तय गरेको छ । प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव गरेको कम्पनीले त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभामार्फत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।