काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न जेठ ६ गते अनुमति प्रदान गरेको हो ।
हाल कम्पनीको १ कित्ता शेयर भएका शेयरधनीहरुले १ कित्ता शेयर खरीद गर्न पाउने गरी हकप्रद शेयर निष्कासन गर्न लागिएको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।