काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २५ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । लिसरा रिसेप्सन, नक्साल, काठमाडौंमा उक्त दिन बिहान १०ः३० बजे सभा शुरु हुनेछ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने कम्पनीको तयारी छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।