काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २१ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ७३ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीले २५१ दशमलव ३२ प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो । खुद विक्री आम्दानी ९८ दशमलव १६ प्रतिशत बढेकाले यस वर्ष कम्पनीको खुद नाफा उल्लेख्य बढेको हो ।
गत वर्ष १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी खुद विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी खुद विक्री आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ८८ करोड ७६ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कुल सम्पत्ति ४ अर्ब ७६ करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व रकम भने ७५ करोड १४ लाख रुपैयाँभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२८ रुपैयाँ ८९ पैसा रहेको छ ।