भदौ २९, काठमाडौं । सानिमा क्यापिटलको सातौं वार्षिक साधारणसभा असोज २६ गते बस्ने भएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय सममार्ग नक्साल–१, काठमाडौंको सभाकक्षमा अपराह्न ४ः०० बजे बस्नेछ ।
उक्त सभामा कम्पनीले शेयरधनीहरूलाई सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्तापूँजीको १५ दशमलव ७८९ प्रतिशतले हुन आउने रू. ३ करोड ९४ लाख ७३ हजार ६८४ बराबरको नगद लाभांश वितरण गर्नेछ । आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।