logo
साताको बजार : सबै सूचक सकारात्मक, सर्वाधिक कमाउने व्यापारिक समूह
साताको बजार : सबै सूचक सकारात्मक, सर्वाधिक कमाउने व्यापारिक समूह
२३ चैत्र २०८१

काठमाडौं । गत साता धितोपत्र दोस्रो बजारका सबै महत्त्वपूर्ण सूचक सकारात्मक बनेका छन् । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचकसँगै बजार मापक सबै सूचकहरू सकारात्मक बनेका हुन । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ६६३ दशमलव ३० विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन २ हजार ७०३ दशमलव ३९ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक सातामा १ दशमलव ५१ प्रतिशत अर्थात ४० दशमलव शून्य ९ अंक माथी उक्लिएको छ । गत साता चार दिनको कारोबारमा नेप्से एक कारोबार दिन मात्र घटेको थियो । 

पहिलो कारोबार दिन २९ दशमलव ८२ अंक बढेको नेप्से दोस्रो दिन १६ दशमलव ९५ अंक घटेको थियो । तेस्रो दिन २३ दशमलव ८६ अंक बढेको बजार चौथो दिन ३ दशमलव ३५ अंक बढेर बन्द भएको छ । अन्तिम कारोबार दिन भने थोरै विक्री चाप बढेको देखिन्छ । अन्तिम दिनको कारोबारलाई लिएर बनेको मैनबत्ति लामो टुप्पी भएको हरियो बनेको छ । यसले लगानीकर्ता उत्साहितनै रहेको संकेत गर्दछ । आगामी दिनमा लगानीकर्ताको उत्साह कायम रही बजार केहि माथी जाने सम्भावनालाई पनि उक्त मैनबत्तिले औल्याउछ ।नेप्सेसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८५ प्रतिशत बढेर ४५० दशमलव शून्य ८ विन्दुमा पुगेको छ ।

अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम ४ दशमलव ८९ प्रतिशत र कारोबार कित्ता शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । अघिल्लो साता पाँच कारोबार दिनमा २५ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ५ करोड २१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता चार कारोबार दिनमा २६ अर्ब ६५ करोड ५० लाख रुपैयाँभन्दा बढीको ५ करोड २१ लाख ८९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसतमा भने कारोबार रकम ३१ प्रतिशत बढी र कारोबार कित्ता २५ प्रतिशत बढी भएको छ । नेप्सेका अनुसार अघिल्लो साता औसतमा ५ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको १ करोड ४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको १ करोड ३० लाख भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताको कारोबारमा लगानीकर्ताको सम्पत्ति मूल्य ६६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो साताभन्दा गत साता कुल बजार पूँजीकरण १ दशमलव ५१ प्रतिशत बढेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन ४४ खर्ब २२ अर्ब ४५ करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८९ अर्ब ३ करोड ५२ लाख रुपैयाँ कायम भएको हो ।

व्यापारिक समूह सर्वाधिक कमाउने समूहमा 

गत साताको कारोबारमा व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । व्यापारिक समूहको परिसूचक गत साता सर्वाधिक ११ दशमलव ४३ प्रतिशत बढेको हो । त्यस्तै लगानी समूहको ३ दशमलव १० प्रतिशत, अन्यको २ दशमलव ४९ प्रतिशत, वित्तको १ दशमलव ६२ प्रतिश, बैंकिङको १ दशमलव ५६ प्रतिशत, जलविद्युतको १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३१ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत बढेको छ ।

गत साता उत्पादन तथा प्रशोधन सहित अन्य दुई कम्पनीको परिसूचक घटेको छ । जीवन बीमाको शून्य दशमलव २० प्रतिशत र लघुवित्तको शून्य दशमलव ६८ प्रतिशत परिसूचक घटेको हो । गत साता विकास बैंक समूहको परिसूचक भने स्थिर रहेको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.