काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १३ करोड ५ लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ ।
गत आर्थिक वर्षको यसै अवधिसम्म रू. १८ करोड ३ लाख ४८ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नोक्सानी कम गरेको हो । यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी बढेकाले सञ्चालन नाफा बढेको हो ।
गत वर्ष विद्युत् विक्रीबाट रू. १३ करोड १३ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष विद्युत् विक्रीबाट रू. २२ करोड ६८ लाखभन्दा बढी आम्दानी गरेको हो । यस वर्ष व्यवस्थापन खर्च पनि कम भएको छ ।
गत वर्ष रू. ४ करोड २२ लाखभन्दा बढी रहेको व्यवस्थापन खर्च यस वर्ष रू. २ करोड ४८ लाखभन्दा बढी मात्र भएको छ । वित्तीय खर्च भने गत वर्ष रू. १९ करोड ६० लाखभन्दा बढी भएकोमा यस वर्ष रू. २२ करोड ९५ लाखभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड ६४ लाख रहेको छ भने जगेडा कोष रू. ४८ करोड ७१ लाखभन्दा बढी ऋणात्मक छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १७ दशमलव ६९ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ रहेको छ ।