काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ लाख ८१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म २४ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष खुद नाफा ८० प्रतिशतभन्दा बढीले घटेको हो ।
यस वर्ष कम्पनीको कुल आम्दानी करीब १३१ प्रतिशत बढे पनि खर्च १४६ दशमलव २९ प्रतिशत बढी भएको छ । गत वर्ष ५ करोड २ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ११ करोड ५९ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । त्यस्तै गत वर्ष ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको कम्पनीको यस वर्ष ११ करोड ५२ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ४६ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । खुद दाबी भुक्तानी भने २ करोड ५१ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्षको तुलनामा यस वर्ष खुद बीमाशुल्क आर्जन ६०५ दशमलव ७४ प्रतिशत बढी र खुद दाबी भुक्तानी १४६ दशमलव २९ प्रतिशत बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ । महाविपत्ति कोषमा २६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ २२ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ छ ।