काठमाडौं । सरकारी सेवामा इन्टर्न प्रयोग गरिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार (आज) सार्वजनिक गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम उक्त कुरा उल्लेख गरिएको छ ।
‘स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ,’ संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, स्नातक तहभन्दा माटिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थामा आवद्ध गराइने सरकारले नीति लिएको छ ।