logo
स्वावलम्बन लघुवित्तको शेयर मूल्य समायोजन
स्वावलम्बन लघुवित्तको शेयर मूल्य समायोजन
२१ मंसिर २०८०

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले कम्पनीको १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६४० दशमलव ८९ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७२० दशमलव १० मा अन्तिम कारोबार भएको थियो ।

समायोजन भएको मूल्यलाई आधार मानेर आइतवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.